जाडोमा घरेलु उपायबाट बनाउनुहोस् ओठहरु मुलायम

नेपालभ्युज

जाडोमा घरेलु उपायबाट बनाउनुहोस् ओठहरु मुलायम

काठमाडौं । अनुहारको साथ साथ ओठको स्याहार गर्नु पनि सौन्दर्यभित्रै पर्दछ । जाडोमा ओठको स्याहार एकदमै जरुरी पनि हुन्छ । हामी सबै आफ्ना ओठहरु सुन्दर तथा मुलायम बनाउन चाहन्छौं । जसका लागि हामी बजारमा पाइने अनेक लिपबामहरुको प्रयोग गर्छौं । त्यस्ता केमिकलयुक्त उत्पादन प्रयोग गरेर ओठको सुरक्षा गर्नुभन्दा घरमै पाइने सामग्रीबाट पनि तपाई आफ्ना ओठहरुलाई मुलायम बनाउन सक्नुहुन्छ ।
आवश्यक सामग्री
१) २ चम्चा मह
२) २ देखि ३ चम्चा काँचो दुध
३) २ थोपा गुलाब जल
बनाउने तरिका
१) घरेलु लिपबाम बनाउनका लागि एउटा कचौरामा एक देखि दुई चम्चा मह राख्नुहोस् ।
२) यसमा करीब दुई चम्चा काँचो दुध मिसाउनुहोस् ।
३) यसमा अब दुई देखि तीन चम्चा गुलाब जल मिसाउनुहोस् ।
४) यी तीन चीजहरुलाई राम्रोसँग घोल्नुहोस् र बन्यो तपाईको लीपबाम ।
प्रयोग गर्ने तरिका
१) यसको प्रयोग तपाईं रातको समयमा अनुहार धुनेबेला प्रयोग गर्न सक्नुहुन्छ ।
२) करीब १० देखि १५ मिनेटसम्म यसलाई ओठमा लगाएर राख्नुहोस् ।
३) यसलाई हप्ताको तीनपटकसम्म गर्न सक्नुहुन्छ ।

यदी तपाईलाई पनि यो ओठको स्याहार गर्ने टिप्स मन परेको भए हाम्रो वेबसाइटलाई फलो गर्न सक्नुहुन्छ । साथीहरुलाई पनि यस्तो तरिका सेयर गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved