मधुमेहका विरामीले पनि खान मिल्ने ‘काब्र्स’

नेपालभ्युज

मधुमेहका विरामीले पनि खान मिल्ने ‘काब्र्स’

एजेन्सी । मधुमेहका विरामीहरुले काब्र्स अर्थात कब्रोहाइड्रेट भएका खानेकुरा सेवन गर्नुहुन्छ वा हुँदैन भनेर चर्चा भइ नै रहन्छ । आहार विशेषज्ञका अनुसार शरीरले काम गरिराख्नका लागि उर्जाको आवश्यकता पर्दछ, जसको प्रमुख श्रोत मानिन्छ कार्बोहाइड्रेट ।

मधुमेह भएकाका लागि पनि उर्जाको आवश्यकता पर्दछ, त्यसैले पूर्णरुपमा काब्र्सलाई छोड्नु गलत मानिन्छ । मधुमेह भएकाहरुले आफ्नो खानपानमा हेल्दी काब्र्स सामेल गर्नुपर्ने हुन्छ ।

हेल्दी काब्र्स भएका खानेकुराले शरीरलाई प्रयाप्त मात्रामा उर्जा त दिन्छ नै साथै यसले रगतमा चिनीको मात्रा बढ्न पनि दिँदैन ।

आहार विशेषज्ञ भन्छन्, ‘तपाईंमा मधुमेह भए पनि कार्बोहाइड्रेट दुश्मन होइन । जब कार्बोहाइड्रेटको कुरा गरिन्छ मानिसको दिमागमा चिनी, आलु र भात नै आउँछ । यी बाहेक धेरै विकल्प छन् जसबाट हामीले राम्रो कार्बोहाइड्रेट पाउन सक्छौं ।’

आउनुहोस यस्तै केही स्वस्थ्यवर्द्धक काब्र्सका बारेमा जानौं जसलाई मधुमेहका रोगीले पनि खान मिल्छ ।

दुग्धजन्य उत्पादन 

दुध तथा अन्य दुग्धजन्य पदार्थमा ल्याक्टोज भन्ने तत्व हुन्छ जसले कार्बोहाइड्रेटको रुपमा शरीरलाई आवश्यक उर्जा प्रदान गर्दछ र यसले ब्लड सुगर बढ्ने खतरा पनि हुँदैन । दुधजन्य पदार्थबाट प्रोटिन तथा क्याल्सियम पनि पाइन्छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार यस्ता उत्पादनमा पाइने प्रोटिनले शक्ति प्रदान गर्दछ र शरीरको मेटाबोलिज्मलाई बढाउँछ । यस्ता दुध तथा दुधबाट बनेका अन्य पदार्थ मधुमेहका विरामीले पनि खान मिल्छ ।

दाल तथा गेडागुडी

विभिन्न प्रकारका दाल तथा राजमा, सिमीका गेडागुडी पनि कार्बोहाइड्रेटका स्रोत मानिन्छन् । जसलाई मधुमेहका विरामीले सजिलोसँग सेवन गर्न सक्दछन् ।

यस्तो खानेकुरा खाने व्यक्तिको तौल बढ्ने समस्या पनि कम भएको पाइन्छ । यस्ता खानेकुराले ब्लड सुगर पनि बढ्दैन ।

मौसमी फलफूल 

मधुमेहका विरामीको आहारमा मौसमी फललाई पनि सामेल गर्न सकिन्छ । जसमा शरीरका लागि आवश्यक पोषक तत्वका साथै हेल्थी कार्बोहाइड्रेट पनि पाइन्छ ।

जसले शरीरमा प्रयाप्त मात्रामा उर्जा प्रदान गर्दछ । स्वभाविक रुपमा फलफूलमा भिटामिन तथा रोगसँग लड्ने एन्टीअक्सीडेन्टका साथै फाइबर पनि प्रर्याप्त मात्रामा पाइने गर्दछ । जो पूर्ण रुपमा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved