जाडोमा यस्ता खानेकुराले दमका बिरामीलाई झन् गाह्रो बनाउँछ

नेपालभ्युज

जाडोमा यस्ता खानेकुराले दमका बिरामीलाई झन् गाह्रो बनाउँछ

काठमाडौं। जाडो मौसम सुरु भएसँगै दमका बिरामीहरूलाई समस्या झन् बढ्दै जान्छ। जाडोमा दमका बिरामीलाई स्वास फेर्न पनि गाह्रो हुने गर्छ । चिसोसँग दमका बिरामी त बच्नु नै पर्छ साथै केही यस्ता खानेकुरा पनि छन् जसबाट यस्ता बिरामीहरू टाढै रहन जरुरी छ ।

कृतिम स्विटनर

कृतिम स्विटनर (जंकफुड)  को सेवनले यस्ता बिरामीहरूलाई समस्या उत्पन्न हुन्छ । दम तथा एलर्जी फाउन्डेसन अफ अमेरिकाद्वारा प्रकाशित एक रिपोर्टमा भनिएको छ, दमका बिरामीहरूले कृतिम गुलियो कुराहरू मिसाएर बनाएका खानेकुरा खाँदा समस्या उत्पन्न हुन सक्छ । उनीहरूमा दम बढेर स्वासप्रस्वासमा समस्या समेत देखिएको बताएको छ ।

मादकपदार्थ सेवन

दमका रोगीहरू जाँडरक्सी तथा वाइन सेवन गर्नबाट टाढै रहनुपर्छ । जाडो समयमा यसरी मादकपदार्थको सेवन कहिलेकाहीँ दम आक्रमणको कारण पनि बन्न सक्छ।

प्याक तथा प्रशोधित खानेकुरा

दमका रोगीहरूले प्याक गरेका तथा प्रशोधित खानेकुराहरू खानबाट बच्नुपर्छ । यस्ता खानेकुरामा गरिएका क्यामिकलहरू दमका रोगीहरूका लागि एलर्जीको कारण बन्न सक्छ । जसले दम बढ्ने सम्भावना अधिक हुन्छ । यस्तो खाना जसमा सल्फाइटको मात्रा हुने गर्छ त्यसको सेवनले तपाईंलाई गम्भीर समस्या उत्पन्न गराउन सक्छ ।

अचारको सेवन

दमका बिरामीहरूले अधिक मात्रामा अचारको सेवन गर्नु पनि खतरनाक मानिन्छ । धेरै अचार खाँदा तपाईंलाई दमको अट्याक हुने खतरा रहन्छ । अचारलाई लामो समय खराब हुनबाट जोगाउन प्रयोग गरिने तत्वले दमका रोगीहरूलाई बेफाइदा गर्दछ ।

ज्यादा बोसो भएको खानेकुरा

दमका रोगीहरूले धेरै बोसो भएको खानेकुरा खानबाट बच्नुपर्छ । दमका रोगीहरूले रातो मासु, मिठाइहरू, तथा अन्य खानेकुरा जसमा धेरै फ्याट भएका खानेकुरा खानु हुँदैन । यस्तो खानेकुरा एकदमै हानिकारक मानिन्छ ।

दमका बिरामीले माथि उल्लेखित खानेकुरा खानबाट बच्नुपर्छ । जाडो मौसममा दमको समस्या बढेमा स्वास लिन समस्या, धेरै खोकी लाग्नु तथा घाँटी सुन्निने लगाएको समस्याहरू देखिन सक्छ ।

यस्तो बेलामा बिरामीले धेरै चिसो खानेकुरा खान तथा चिसोमा बस्नु हुँदेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved