धेरै नुन खाँदा शरीरमा देखिने ५ समस्या

नेपालभ्युज

धेरै नुन खाँदा शरीरमा देखिने ५ समस्या

एजेन्सी । नुन बिना हाम्रो जीवन अधुरो छ । यसलाई सही मात्रामा सेवन गर्नु फाइदाजनक हुन्छ । तर त्यहीँ नुन हामीले शरीरलाई चाहिने भन्दा ज्यादा सेवन गर्‍यौं भने धेरै नोक्सान गर्न सक्छ ।

नुन ४० प्रतिशत सोडियम तथा ६० प्रतिशत क्लोराइडले बनेको हुन्छ । जसले शरीरमा पानी र मिनरल्सलाई सन्तुलनमा राख्ने काम गर्छ । नुन धेरै खाँदा कैयौं प्रकारका रोग निम्तिन सक्छन् ।

मुटुको लागि खतरा

धेरै नुनको सेवन गर्नु मुटुका लागि हानिकारक मानिन्छ । यसको धेरै सेवनले मुटु सम्बन्धी रोगको खतरा बढेर जान्छ । धेरै नुन खानु भनेको हृदयघातको खतरा बढाउनु हो । साथै यसले मुटुलाई पनि कमजोर बनाउँदै लैजान्छ ।

पेट फुल्ने समस्या

धेरै नुन खाँदा पेट फुल्ने समस्या उत्पन्न हुन सक्छ । किनकी धेरै नुन सेवन गर्दा पेटमा अतिरिक्त पानी जम्मा हुन थाल्छ । जसले गर्दा पेट फुल्ने समस्या देखिन्छ । धेरै नुन खानु पेटका लागि धेरै नै नोक्सानदायक हुन सक्छ ।

रक्तचापमा समस्या

धेरै नुन खाँदा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । नुनले रगतमा सोडियमको मात्रा बढ्दै जान्छ । जसकारण उच्च रक्तचापको समस्या हुन सक्छ । रक्तचाप बढ्नासाथ वाकवाकी हुने शरीरमा कमजोरी जस्ता लक्षण देखिन थाल्दछन् ।

मिर्गौलाको समस्या

धेरै नुन सेवन गर्नाले मिर्गौला सम्बन्धी समस्या देखिन थाल्छ । किनकी नुन खाँदा शरीरको पानी तथा पसिना रफ्तारमा बाहिर निस्कन थाल्छ । जसका कारण मिर्गौलालाई धेरै बाधा पर्दछ र यससम्बन्धी समस्या देखिन थाल्छ ।

छालामा समस्या

नुन धेरै सेवन गर्दा छालामा पनि विभिन्न खाले समस्या देखिन सक्छ । शरीरमा नुनको मात्रा बढ्यो भने एलर्जी, जलन, सुन्नीने जस्ता समस्या देखिन सक्छ । छाला सम्बन्धी संक्रमणबाट बच्नका लागि पनि नुन कम खाने गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved