चिकित्सक संघको निर्वाचन : पाँचजना निर्विरोध निर्वाचित

नेपालभ्युज

चिकित्सक संघको निर्वाचन : पाँचजना निर्विरोध निर्वाचित

काठमाडौं। नेपाल चिकित्सक संघको कार्यसमितिमा ४१ जनाको उम्मेदवारी परेको छ ।  प्रजातान्त्रिक, प्रगतिशील र केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष र महासचिवमा भने तीन/तीन जनाको उम्मेदवारी परेको छ। प्रजातान्त्रिक समूहबाट डा. अनिल विक्रम कार्की ले उम्मेदवारी दिएका छन् ।

यस्तै प्रगतिशील प्यानलबाट डा. सन्तोष पौडेल र डा. शिवजी सिलवालले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस्तै महासचिवमा प्रजातान्त्रिक प्यानलबाट डा. सञ्जिव तिवारी, प्रगतिशील प्यालनबाट डा. रक्षा श्रेष्ठ र डा. अमृत भुसालले एकल उम्मेदवारी दर्ता गराएका छन् ।

यता प्रजातान्त्रीक समुहबाट विभिन्न पदमा उम्मेदवारी दिएका पाँच जना निर्विरोध निर्वाचित भइसकेका छन् । संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह–कोषाध्यक्ष र सह–सचिव निर्विरोध निर्वाचित भएका हुन्।

वरिष्ठ उपाध्यक्षमा डा. वद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा. केशरबहादुर ढकाल, सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका हुन्।

मनोनयनको लागि निर्धारित समयमा उक्त पदमा एकल अम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि, निर्वाचन समितिले भने आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

प्रजातान्त्रिक प्यानल

अध्यक्ष- डा. अनिल विक्रम कार्की

वरिष्ठ उपाध्यक्ष-  डा. बद्री रिजाल

उपाध्यक्ष– (प्रदेश १)मा डा. विपेश आचार्य, उपाध्यक्ष (मधेश प्रदेश)मा डा. निरजकुमार सिंह, उपाध्यक्ष (बागमती प्रदेश)मा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष (गण्डकी प्रदेश)मा डा. राजन शर्मा, उपाध्यक्ष (लुम्बिनी प्रदेश)मा डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष (कर्णाली प्रदेश)मा डा. केशरबहादुर ढकाल, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)मा डा. प्रशान्त भट्ट

महासचिव –डा. सञ्जिव तिवारी

कोषाध्यक्ष- डा. प्रमोद जोशी

सहसचिव-डा. लिजन महर्जन

सहकोषाध्यक्ष- डा. विक्रान्त ढकाल

सदस्यहरू : डा. किशोर खत्री, डा. मनोहर दिन सैयद, डा. सिर्जना विष्ट, डा. अमित रञ्जन मिश्र, डा. तेजसु सिंह मल्ल र डा. युविन कुमार यादव छन्।

प्रगतिशील प्यानल

अध्यक्ष-डा. सन्तोष पौडेल

उपाध्यक्ष –(प्रदेश १)मा डा. यज्ञराज खरेल, उपाध्यक्ष (मधेस प्रदेश)मा डा. महेश महासेठ, उपाध्यक्ष (गण्डकी प्रदेश)मा डा. विकास गौचन, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)मा डा. निरज अर्याल, महासचिवमा डा. रक्षा श्रेष्ठ, कोषाध्यक्षमा डा. अञ्जना महर्जन र सदस्यहरूमा डा. अभियान गौतम, डा. पदम नेपाली, डा. स्मृति महत, डा. सुरेन्द्र यादव, डा. रमेश श्रेष्ठ र डा. कुम्भ जोशी

स्वतन्त्र उम्मेदवारहरू

अध्यक्ष – डा. शिवजी सिलवाल

उपाध्यक्ष मधेश प्रदेशमा डा. अजयकुमार मिश्र,

उपाध्यक्ष बागमती प्रदेशमा डा. सञ्जयकुमार ठाकुर,

उपाध्यक्ष सुदूरपश्चिमा डा. प्रवीणकुमार गिरीले

महासचिव डा. अमृत भुषाल,

सदस्यहरू डा. चेतन बस्नेत र डा. मोहम्मद अनमुल हक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved