सामान्य होइन पुरुषको कम्मर दुखाई, यस्ता छन् कारण र बचाउको उपाय

नेपालभ्युज

सामान्य होइन पुरुषको कम्मर दुखाई, यस्ता छन् कारण र बचाउको उपाय

काठमाडौं । हिजोआज पुरुषलाई पनि कम्मरको दुखाई एकदम सामान्य भइसकेको छ । अस्पतालहरुमा कम्मर दुखाई लिएर जाने पुरुषको संख्या बढ्दै गइरहेको छ ।

पुरुषमा कम्मरको दुखाई बढ्दै जानुको समस्याको पछाडि अहिलेको जीवनशैली महत्वपूर्ण मानिएको छ । जो पुरुष लामो समयसम्म मोटरसाइकल चलाउँछन्, उनीहरुमा कम्मर दुखाईको लक्षण देखिन सक्छ ।

धेरै समय मोटरसाइकल चलाउनुको असर डाढमा पर्न सक्छ । त्यसैले यस लेखमा हामी तपाईंलाई बताउँछौं पुरुषलाई हुने कम्मरको दुखाई र यसबाट बच्ने तरिका ।

कतै तपाईं यो गल्ती त गरिरहनु भएको छैन ?

प्राय हाम्रो गल्तीको असर शरीरमा पर्ने गर्छ । पुरुषमा हुने कम्मरको दुखाईको पछाडि के के गल्ती हुन सक्छन् आउनुहोस् जानौं –

१. धुमपान 

एक अध्ययनका अनुसार जो व्यक्तिहरु धेरै धुम्पान गर्छन् उनीहरुको कम्मरको दुखाई पनि धेरै हुने गर्छ । धुमपान कारण खोकी लाग्छ, खोकी आउँदा हर्नियेटेड डिस्कमा जोड पर्छ । जसले गर्दा कम्मरमा दुखाई हुन सक्छ ।

धुमापानका कारण शरीरमा रक्तसञ्चार ढिला हुन्छ जसले गर्दा अस्टियोपोरोसिस जस्तो विरामीको खतरा बढ्छ ।

२. हरेक समय तनावमा बस्नु

धेरैजसो घरहरुमा  आर्थिक तथा पारिवारिक रुपमा पुरुषको भूमिका महत्वपूर्ण मानिने गर्छ । यस्तो अवस्थामा कैयौं पटक पुरुष तनावको शिकार हुने गर्छन् ।

जो पुरुष प्राय एन्जाइटी तथा डिप्रेशनमा घेरिएका हुन्छन् उनीहरुमा कम्मरको दुखाई हुने ज्यादा सम्भावना हुन्छ । तनावका कारण मांसपेशीमा समस्या बढ्न सक्छ ।

३. ज्यादा शारीरिक श्रम गर्नु

शारीरिक श्रमको मामलामा पुरुषले यस्तो काम धेरै गर्छन् जसले उनीहरुको कम्मरमा दुखाई उत्पन्न हुन्छ । यदी तपाई पनि यस्तो काम गर्नुहुन्छ र समस्या आएको छ भने काम गर्ने तरिका परिवर्तन गर्न सक्नुहुन्छ । वा कामको बीच बीचमा ब्रेक लिन सक्नुहुन्छ । साथै आफ्नो क्षमताअनुसारको काम नै छान्ने गर्नुहोस् ।

४. पुरै दिन बसेर काम गर्नु

जो पुरुष अफिसमा दिनभर बसेर काम गर्ने गर्छन् उनीहरुलाई पनि कम्मर दुखाईको समस्या देखिने गर्छ । यसको एउटा कारण यो पनि छ कि बसाईको स्थान परिवर्तन नहुनु ।

एउटै ठाउँ धेरैबेर बसेर काम गर्दा पनि कम्मरको दुखाई हुने गर्दछ ।

कम्मरको दुखाईबाट बच्ने तरिका

दिनहुँ ४० देखि ५० मिनेट कसरत गर्ने गर्नुहोस् वा बिहान हिँड्नु पनि राम्रो मानिन्छ । पर्याप्त मात्रामा पानी पिउने गर्नुहोस् साथै शरीरलाई चाहिने जरुरी पोषिलो खानेकुरा पनि खानुहोस् ।

यदी बसेर गर्ने काम छ भने कम्मरलाई सजिलो हुने खालको कुर्सीको छनोट गर्नुहोस् । झुकेर नबस्नुहोस् र समय समयमा स्थान परिवर्तन गर्नुहोस् । लामो समय झुकेर काम गर्नबाट बच्नुहोस् ।

जो पुरुषहरु भारी एक्सरसाइज गर्ने गर्छन् तथा तौल उठाउने गर्छन् उनीहरुको कम्मरमा दुखाई हुने सम्भावना धेरै हुन्छ । त्यसैले क्षमताअनुसार नै कसरत गर्नुहोस् ।

लामो समय मोटरसाइकल चलाउँदा कम्मर पेटीको प्रयोग गर्नुहोस । मोटरसाइकलबाट उत्रिएपछि भने पेटी खोलेर राख्नु आवस्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved