महबाट बनेको यो पेस्टले फुटेको कुर्कुच्चा निको पार्छ

नेपालभ्युज

महबाट बनेको यो पेस्टले फुटेको कुर्कुच्चा निको पार्छ

एजेन्सी । जाडो मौसम सुरु भएपछि छालामा रुखोपन आइहाल्छ । सुख्खापनका कारण कुर्कुच्चा पनि फुट्न थाल्दछन् । फुटेको कुर्कुच्चा ठीक गर्नका लागि बजारमा धेरै प्रकारका क्रिम, लोसन पाइन्छन् ।

कतिपय क्रिमले खुट्टालाई राम्रो बनाउनुको सट्टा झनै चिपचिप र खराब बनाउने पनि गर्दछन् । त्यसैले तपाई घरमै महको प्रयोग गरेर फुटेको कुर्कुच्चालाई ठिक पार्न सक्नुहुन्छ ।

महमा पाइने पोषण तत्वले छालालाई भित्रैदेखि मोइश्चराइज गर्न मद्दत गर्छ । जसले गर्दा फुटेको खुट्टा पनि निको हुन्छ । महलाई कसरी प्रयोग गर्ने त ? जानौं ।

महको लेप बनाउनका लागि सामग्री

चामलको पिठो – १ चम्चा
मह – २ चम्चा
पानी वा गुलाव जल – आवश्यकता अनुसार

यसलाई बनाउने विधि 

एउटा कचौरामा चामलको पिठो र पानी राम्रोसँग फिट्नुहोस् । जब पानी र पिठो राम्रोसँग घुलिन्छ यसमा मह मिसाउनुहोस् ।

मिश्रणलाई मसिनो पेस्ट नबनेसम्म फिट्नुहोस् । साबुनपानीले राम्रोसँग खुट्टालाई सफा गरेर उक्त पेस्ट फुटेको कुर्कुच्चामा लगाउनुहोस् । यस पेस्टलाई हप्तामा २ देखि ३ पटक लगाउँदा पनि तपाईको फुटेको खुट्टा निको हुँदै जानेछ ।

महमा एन्टी इन्फ्लामेटरी गुण पाइने गर्दछ, जसले फुटेको तथा सुन्निएको ठाउँमा आराम पुर्‍याउने काम गर्छ । यसले तपाईको खुट्टा फुटेको निको पार्ने मात्र नभएर सुन्दर पनि बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved