सुत्केरी महिलाले ‘ज्वानो’ खान किन जरुरी छ ?

नेपालभ्युज

सुत्केरी महिलाले ‘ज्वानो’ खान किन जरुरी छ ?

एजेन्सी । आमा बन्नु कुनै पनि महिलाका लागि सुखद अनुभूति हुन्छ । तर बच्चा जन्मिसकेपछि महिलाको शरीरमा धेरै नै परिवर्तनहरु आउँछन् । बच्चा जन्माइसकेपछि महिलाले कैयौं प्रकारको समस्या पनि झेल्नु पर्ने हुन्छ ।

बच्चा जन्मिएपछि कैयौं महिलाको वजन बढ्ने, मुड स्विंग्स, कमरमा दुखाई, पेट सम्बन्धी समस्या देखिने गर्छ । यस्तो अवस्थामा बच्चा र आफू दुवैका लागि सुत्केरी महिला स्वस्थ रहन जरुरी हुन्छ ।

नेपाली समाजमा सुत्केरी हुँदा ज्वानोको सुप तथा अन्य तरकारी दालमा पनि ज्वानो मिसाएर खुवाउने गरिन्छ । त्यसो किन गरिएको होला र किन गर्न जरुरी छ ? जानौं सुत्केरीमा ज्वानो खाँदाका फाइदाहरु ।

ज्वानोमा कैयौं प्रकारका औषधीय गुणहरु पाइने गर्दछ । यसमा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्शियम, आइरन, फाइबर तथा निकोटिनिक एसिड जस्ता कैयौं प्रकारका पोषक तत्व पाइन्छ । सुत्केरी महिलाले ज्वानोपानी पिउँदा महिला तथा बच्चा दुवैलाई फाइदा पुग्छ ।

पाचन सम्बन्धी समस्याको समाधान

सुत्केरी अवस्थामा तातो चिजहरु खाने र तातो वातावरणमा बस्ने हुँदा धेरैलाई कब्जियतको समस्या आउने गर्छ । शरीरले सबैखाले खानेकुरा पचाउन पनि गाह्रो मानिरहेको हुन्छ । यस्तोमा ज्वानोपानी एकदमै लाभदायक मानिन्छ । यसमा फाइबर भरपूर मात्रामा पाइन्छ जसले पाचन तन्त्र बलियो बनाउँछ र कब्जीयत हुनबाट जोगाउँछ । ज्वानो पानी पिउँदा पेटको सफाई हुन्छ ।

आमाको दुध बढ्छ

सुत्केरीलाई ज्वानोपानी दिने चलन  पुर्खादेखि नै चल्दै आएको छ । यसले आमाको दुध बढाउन सहयोग गर्छ जसले गर्दा बच्चा पनि भोको हुनु पर्दैैन । जो महिलालाई दुध नपुगेको कारण स्तनपान गराउन समस्या भइरहेको हुन्छ उनीहरुले ज्वानो पानी पिउँदा फाइदा हुन्छ ।

वजन घटाउन मद्दत गर्छ 

हुन त सुत्केरी महिलाले तुरुन्तै आफ्नो तौललाई लिएर चिन्ता मान्नु पर्दैन । तर पनि चाहिने भन्दा धेरै तौलले शरीरलाई नै सास्ती दिइरहेको हुन्छ । यस्तोमा ज्वानो पानीले शरीरको मेटाबोलिज्म राम्रो हुन्छ जसले गर्दा तौल घटाउन मद्दत मिल्छ ।

सुत्केरीमा बढेको शरीरको वजन घटाउन खानपान र व्यायामका साथै ज्वानो पानी पनि सामेल गर्नु उपयुक्त हुन्छ ।

इम्यूनिटी बलियो बनाउँछ 

सुत्केरी अवस्थामा ज्वानोपानीको सेवनले छिटो दैनिक जीवनमा आउन सजिलो हुन्छ । यसमा पाइने गुणले इम्यूनिटी बलियो बनाउँछ जसले गर्दा छिटो तन्दुरुस्त हुन मद्दत पुग्छ । इम्यूनिटी बलियो भयो भने बच्चा र आमा दुवैलाई चिसो, रुघाखोकीबाट जोगाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved