डिप्रेशनबाट मुक्त हुन पुरुषले जीवनशैलीमा गर्नुपर्ने ५ परिवर्तन

नेपालभ्युज

डिप्रेशनबाट मुक्त हुन पुरुषले जीवनशैलीमा गर्नुपर्ने ५ परिवर्तन

एजेन्सी । नेपालमा आर्थिक तथा पारिवारिक विषयका कारण कैयौं पुरुष डिप्रेशनको शिकार भइरहेका हुन्छन् । डिप्रेशन भयो भने व्यक्तिलाई ठिकसँग निद्रा आउँदैन । भोक पनि कम हुन्छ अथवा चाहिने भन्दा ज्यादा खान थाल्छ ।

डिप्रेशनका कारण व्यक्तिलाई कुनै पनि काममा मन लाग्दैन । यसबाट बच्न  आफ्नो जीवनशैलीमा केही परिवर्तन ल्याउन सकिन्छ । जानौं ५ परिवर्तन जसले तपाईंको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ ।

१. नाई भन्न सिक्नुहोस्

कैयौंपटक यस्तो पनि हुन सक्छ तपाईंको नीजी वा प्रोफेशनल जीवनमा भइरहेको प्रेसर पनि डिप्रेशनको कारण हुन सक्छ । तनावबाट बच्नका लागि ‘नाई’ पनि भन्न सिक्नुहोस् ।

कैयौं पटक हामी यस्तो काम पनि पुरा गर्न खोज्छौं जुन हाम्रो हातमा हुँदैन । जसले गर्दा तनाव सुरु हुन्छ । यस्तो कुरालाई आफ्नो जीवनशैलीबाट टाढा राख्नुहोस् ।

२. आफूप्रति ध्यान दिन सुरु गर्नुहोस्

डिप्रेशनको लक्षणबाट बच्न आफूप्रति ध्यान दिन सुरु गर्नुहोस् । जीवनशैलीमा थोरै समय आफ्नो लागि पनि छुट्याउनुहोस् । निद्रा पुरा गर्नुहोस्, स्वस्थकर खानेकुरा सेवन गर्नुहोस् । कामबाहेक अन्य त्यस्तो क्रियाकलापमा पनि भाग लिनुहोस् जसले तपाईलाई खुशी दिन्छ  ।

पुरुषहरु आफ्नो कामसँगै अगाडि जान्छन् जसले गर्दा उनीहरुको इच्छाआकांक्षा पछाडि रहन्छन् । हामी सबैलाई केही न केही कुरा गर्ने इच्छा हुन्छ जसलाई सकेसम्म पुरा गर्ने प्रयास गर्नुपर्छ ।

३. उपचार नगर्ने बानी सुधारौं

पुरुष प्राय आफ्नो स्वास्थ्य प्रति लापरवाही गर्छन् । जसको असर शरीरमा परिरहेको हुन्छ । अन्य स्वास्थ्य समस्या पर्दा चेकजाँच नगर्ने बानीले डिप्रेशनको शिकार पनि हुन सकिन्छ । यस्ता कैयौं रोग छन् जसले डिप्रेशनलाई आफूसँगै लिएर आएका हुन्छन् ।

जसको समयमै उपचार नगर्दा डिप्रेशनमा पुगिन्छ । त्यसैले शरीरमा कुनै पनि खालको समस्या देखिएमा डाक्टरसँग सल्लाह लिनु नै फाइदाजनक हुन्छ ।

४. साथी तथा परिवारसँग समय बिताउनुहोस्

कैयौंपटक कामलाई नै धेरै प्राथमिकता दिएर परिवार तथा आफन्तसँग टाढा हुनु पनि डिप्रेशन निम्त्याउने खतरा हो । आफ्नासँग टाढा रहँदा सुखदुख बाँड्ने कोही हुँदैन । यस्तो अवस्थामा व्यक्ति एक्लै सोंच्दा सोंच्दै डिप्रेशनको शिकार हुन पुग्छ ।

आफूलाई एक्लोपन महसुस भइरहेको बेला साथीभाई तथा परिवारसँग कुराकानी गरौं । जसले गर्दा तपाईंमा आफूलाई सम्हाल्न सक्ने हिम्मत मिल्दछ ।

५. अल्कोहलबाट टाढा बसौं

पुरुषमा डिप्रेशनको लक्षण आउँदाबित्तिकै डाक्टरको सल्लाह लिन जरुरी छ । यदी तपाई आफ्नो मानसिक तनाव भगाउन नसालु पदार्थ सेवन गर्नुहुन्छ भने आजैदेखि यस्तो बानी छुटाउनुहोस् । लामो समय अल्कोहल सेवन गर्दा शरीरमा धेरै नै नराम्रो असर पर्दछ ।

अल्कोहलको धेरै प्रयोग गर्दा पनि व्यक्तिमा केही समयपछि डिप्रेशन तथा एन्जाइटीको लक्षण देखिन थाल्दछ ।

माथि दिइएका टिप्सहरुबाट तपाईको जीवनशैलीमा राम्रो प्रभाव पर्न सक्दछ । यदी तपाईलाई यो मन परेको भए सेयर गर्नुहोला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved