मोटोपन तथा पेटको समस्यामा रामवाण औषधी “ज्वानो”

नेपालभ्युज

मोटोपन तथा पेटको समस्यामा रामवाण औषधी “ज्वानो”

एजेन्सी । दुनियाँभरका मानिस मोटोपनले समस्यामा छन् । मोटोपनका कारण न सहीसँग जीवनको सुख प्राप्त गर्न सक्छन् न त खानपिनमा स्वादिष्ट चीजहरुको ।

मोटोपन कैयौं रोगको पनि कारण हुन्छ । मोटोपन कम गर्न पनि त त्यति सजिलो छैन । तर हामी तपाईलाई मोटोपन कम गर्ने एउटा यस्तो तरिका बताउनेछौं जो सस्तो र सजिलै गर्न सकिनेछ ।

तपाईले आफ्नो भान्छामा धेरै थरिका मसला, बिउबिज, गेडागुडी त राख्नुभएको होला । तिनै मध्ये एउटा बीज छ ‘ज्वानो’ । ज्वानो एउटा मसला मात्र नभएर मोटोपन कम गर्ने औषधि पनि हो ।

जानौं ज्वानोको सहायताले कसरी मोटोपनबाट मुक्ति पाउन सकिन्छ ।

ज्वानो मोटोपन कम गर्न एकदमै रामवाण सावित हुन्छ । साँझ सुत्नेबेला एक चम्मच ज्वानोलाई एक गिलास पानीमा भिजाएर राख्नुहोस् । बिहान उठेपछि यसलाई छानेर एक चम्चा महसँग मिलाएर पिउनुहोस् ।

यसको नियमित सेवनले छिटै मोटोपन कम हुन थाल्नेछ । तर ज्वानोले मात्र सबै कुरा हुँदैन । यसका साथसाथै नियमित कसरत तथा सन्तुलित भोजन पनि जरुरी छ । साथै शरीरलाई हाइड्रेट राख्न अलि धेरै पानी पिउने गर्नुहोस् ।

यदि पाचन सम्बन्धी समस्या छ भने पनि ज्वानोले ठिक गर्छ । यसमा एकप्रकारको एन्टी एसिड हुन्छ जसले अपचको समस्याबाट छुटकारा दिन्छ । ज्वानोलाई मोहीसँग पिउँदा अपचको समस्या समाधान हुन्छ ।

एसिडिटीको समस्या हुँदा ज्वानोलाई चपाएर खानुहोस् र त्यसपछि एक कप तातो पानी पिउनुहोस् यसले समस्या ठिक हुन्छ । पेटमा चुर्ना किरा परेको छ भने नुनसँग ज्वानो खानुहोस्, यसले तपाईलाई फाइदा हुनेछ ।

पाचनसम्बन्धी कुनै पनि खालको समस्या हुँदा दहीसँग ज्वानो खाँदा आराम पुग्छ । ग्यासको समस्याको लागि १–२ ग्राम ज्वानोमा गुड मिसाएर यसको गोली बनाएर खानुहोस् यसले तुरुन्तै राहत दिन्छ ।

पेटमा ग्यास हुँदा बेसार, ज्वानो र एक चुटकी वीरे नुन मिसाएर खानुहोस्, यसले एकदमै छिटो काम गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved