कपाल पातलो छ ? जाडोमा भुलेर पनि यस्तो गल्ती नगर्नुहोला

नेपालभ्युज

कपाल पातलो छ ? जाडोमा भुलेर पनि यस्तो गल्ती नगर्नुहोला

काठमाडौं । जाडो समयमा जसरी छालाको एकदमै ख्याल राख्न जरुरी छ त्यसरी नै कपालको पनि । खासगरी जसको कपाल एकदमै पातलो हुन्छ उनीहरुले त झनै सावधानी अपनाउनु आवस्यक छ ।

चिसो मौसममा त्यसै पनि छाला सुख्खा भएर शरीर तथा कपालको मोइस्चर कम भएको हुन्छ यस्तो अवस्थामा कपालको स्वास्थ्य पनि बिग्रिने गर्दछ । यदी तपाई जाडोमा आफ्नो कपाल सुन्दर र स्वस्थ राख्न चाहनुहुन्छ भने भुलेर पनि यस्ता गल्ती नगर्नुहोला ।

कपाललाई सुख्खा बनाउने खालको स्याम्पुको प्रयोग नगर्नुहोस

बजारमा धेरैखाले स्याम्पुहरु पाइन्छन् तर तपाईले जाडोको समयलाई नै सुहाउने वा मिल्ने स्याम्पु प्रयोग गर्नुपर्दछ । खासगरी तपाईको कपाल एकदमै पातलो रेसा भएको छ भने त्यसको लागि यस्तो स्याम्पु किन्नुहोस् जसले कपाल तथा छालालाई सफा पनि बनाउँछ साथै कपालको मोइस्चर पनि कायम राख्छ ।

यदी तपाईको कपाल एकदमै सुख्खा छ भने क्रीमबेस स्याम्पु प्रयोग गर्नुहोस् । जसले तपाईको कपाललाई अझै सुख्खा हुनबाट जोगाउँछ ।

कपालसँगै शिरको छालालाई पनि ध्यानमा राखौं

खासगरी धेरै महिलाहरुले कपाललाई मात्र ध्यान दिने गरेको पाइन्छ । जाडो समयमा शिरको छालामा पनि सुख्खापन आउँछ जसले गर्दा कपाल जरादेखि नै कमजोर हुँदै जान्छ । यसले टाउकोमा चाँया पनि पर्न सक्छ ।

यस्तो अवस्थामा समय समयमा टाउको सफा राख्ने र आफूलाई सुहाउँदो तेलले मालिस गर्दा धेरै नै फाइदा पुग्दछ । जसले गर्दा कपालको लम्बाई बढ्नुका साथै मोटो पनि हुने गर्दछ ।

हिटिङ सामग्रीको प्रयोग नगर्नुहोस्

कपाललाई सिधा बनाउने तथा घुमाउनका लागि प्रयोग गरिने विभिन्न खाले विद्युतीय सामग्रीले कपाललाई सुख्खा तथा रुखो बनाउने गर्दछ । त्यसैले सकेसम्म यस्ता सामग्रीको प्रयोगबाट टाढै बस्नुपर्छ । यदी तपाईको कपाल पातलो छ भने त झन् जल्ने सम्भावना पनि धेरै हुन्छ ।

कपाल कोर्दा ख्याल गर्ने

चिसो कपाल लिएर बाहिर ननिस्कनुहोस् । र त्यसलाई चिसोमै सकेसम्म नकोर्नुहोस् । कपाललाई प्राकृतिक रुपबाटै सुक्न दिनुहोस् र थोरै थोरै गर्दै कोर्नुहोस् । जहिले पनि पहिला कपालको टुप्पोमा कोरेर मात्र पछि जराबाट कोर्नुपर्छ ।

कपाल कोर्दा पातालो काइयोको साटो मोटो काइयो प्रयोग गर्नुपर्छ । साथै एकदमै कसेर बाँध्नु हुँदैन । अलि खुकुलो गरी बाँध्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved