मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि नजिकै पुगेको हो ।

नेपालभ्युज

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

काठमाडौं। मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ । कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि नजिकै पुगेको हो ।

फ्रान्सका लागि खेलको पाचौँ मिनेटमा थिओ फर्नान्डेजले गोल गरेर अग्रता दिलाएका थिए । यस्तै ७९ मिनेटमा रान्डल कोनो मुआनीले गोल गरेर अग्रता दोब्बर बनाए ।

फ्रान्सले अब उपाधिको लागि आइतबार राती अर्जेन्टिनासँग खेल्नेछ । क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved