मेयर साम्पाङलाई दलित आयोगले भन्यो- आत्मालोचना गर्नुहोस्

मंगलबार मेयर साम्पाङले आफ्नो फेसबूकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय दलित आयोगले अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको हो  ।

नेपालभ्युज

काठमाडाैं  । धरान उपमहानगरका मेयर हर्क साम्पाङले सामाजिक संजालमा जातियताको विषय उठाएर कटाक्ष गरेपछि दलित आयोगले अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

मंगलबार मेयर साम्पाङले आफ्नो फेसबूकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय दलित आयोगले अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको हो  ।

आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै  मेयर  साम्पाङलाई अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौं ।’

यो पनि 

जातीय कटाक्ष गरेपछि मेयर साम्पाङको चर्को आलोचना, अपराध पुष्टि भए जेल सजाय हुनसक्ने

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved