कांग्रेस नेता शाहले गरे, कर्णालीको मुख्यमन्त्रीमा दाबी

कांग्रेस नेता शाहले गरे, कर्णालीको मुख्यमन्त्रीमा दाबी

सुर्खेत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका राजिविक्रम शाहले कर्णालीको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा आफू मुख्यमन्त्रीको दाबीसहित कर्णाली प्रदेशसभामा संसदीय दलको नेताका लागि मैदानमा उत्रिने बताएका हुन् ।

मुख्यमन्त्री बन्नका लागि संघीय संसद छाडेर जाजरकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा कांग्रेसका उम्मेदवार शाह कर्णाली प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

शाहले आफू मुख्यमन्त्रीको दाबी रहेको मुख्यमन्त्रीबाट बाहिरिएको समाचारमा कुनै सत्यता नभएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । त्यसो भएर म यस पटक नेपाली कांग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलको नेताको रूपमा मैदानमा उत्रने तयारीमा छु ।’ उनले भनेका छन्,‘कुनै पनि हल्लाको नलाग्न र शंका नगर्न हुन सविनय अनुरोध गर्दछु ।’

कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही र शाहले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् । शाही र शाह दुवै नेता नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरू हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved