देउवालाई पौडेलको आग्रह– ‘संसदीय दलको नेतामा मलाई प्रस्ताव गर्नोस्’

नेपालभ्युज

देउवालाई पौडेलको आग्रह– ‘संसदीय दलको नेतामा मलाई प्रस्ताव गर्नोस्’
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा आफूलाई प्रस्ताव गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलका क्रममा सभापति देउवालाई पौडेलले यस्तो आग्रह गरेका हुन् ।

स्रोतका अनुसार भेटमा पौडेलले आफूलाई संसदीय दलको नेतामा प्रस्ताव गर्न देउवासमक्ष आग्रह गरेका थिए । जवाफमा देउवाले सबै विषयमा हेर्ने भन्दै केही दिन पर्खन आग्रह गरे ।

कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षीहरूको लर्को छ । नेताहरूले भेटघाटलाई तीव्रता दिएका छन् । कांग्रेस संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुन योग्य हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved