पर्सामा प्रहरीको गाडी दुर्घटना, इन्सपेक्टरसहित दुई घाइते

नेपालभ्युज

पर्सामा प्रहरीको गाडी दुर्घटना, इन्सपेक्टरसहित दुई घाइते
सांकेतिक तस्वीर।

वीरगञ्ज। पर्सामा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज–ठोरी सकडखण्डअन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना. १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved