२१ नागरिक बेखबर

नेपालभ्युज

२१ नागरिक बेखबर
सांकेतिक तश्वीर

तनहुँ । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ । बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

यस वर्ष जिल्लाका ३२ स्थानमा उम्रिएका गाँजा फडानी गरिएको छ । करिब एक सय ४० रोपनीमा उम्रिएका २६ हजार सात सय ८५ गाँजाको बोट नष्ट गरिएको उनले बताए । त्यसैगरी विसं २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म एक सय ६७ सवारीसाधानलाई कारबाही गर्दा रु १८ लाख २० हजार एक सय ४८ राजस्व सङ्कलन भएको छ ।

गतवर्षको मङ्सिरदेखि कात्तिक मसान्तसम्म एक सय नौ फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट ३७ वर्ष चार महिना २३ दिन कैद र रु ३१ लाख ५८ हजार नौ सय २५ जरिवाना असुली भएको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved