फेसबुकमा चिनेको बालिकालाई होटेलमा लगेर बलात्कार !

नेपालभ्युज

फेसबुकमा चिनेको बालिकालाई होटेलमा लगेर बलात्कार !

बागलुङ । बालिका बलात्कारको आरोपमा तीन युवा पक्राउ परेका छन् । फेसबुकबाट चिनजान गरेर ३ जना बालिकालाई ती युवाहरूले जन्मदिन मनाउन भन्दै बोलाएर बलात्कारमा गरेको आरोप छ ।

१६ वर्षीया एक र १५ वर्षीया दुई बालिकालाई बलात्कारपछि उनीहरू भागेका थिए । प्रहरीले धादिङ घर भएर पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा–१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा–८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी गंगाबहादुर थापाका अनुसार सन्दीप र राहुललाई प्रहरीले बागलुङ बजारमा र अशोकलाई काठेखोला गाउँपालिकामा प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकाहरू २३ गते साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका थिए । घर नफर्किएपछि अभिभावकले खोज्नेक्रममा उनीहरू २५ गते बागलुङ बजारको एक होटलमा फेला परेका थिए ।

पीडित बालिकाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved