जाजरकोटमा जीप दुर्घटना, ८ जनाको ज्यान गयो

नेपालभ्युज

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको ज्यान गयो

काठमाडौं । जाजरकोटमा भएको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप  दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा बिरामी लिएर जाँदै गरेको अवस्थामा उक्त  दुर्घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्दारमा खटिएको  छ ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved