काठमाडौंमा ठगी र कीर्ते गरेको अभियोगमा ८ जना पक्राउ

नेपालभ्युज

704151777674679

काठमाडौं। काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र कीर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र कीर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दूधकला विश्वकर्मा, पाँचथरकी सिर्जना भट्टराई, सिन्धुपाल्चोककी प्रमिशा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित ५ लाख ८ हजार ६४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए ।

उनीहरूमाथि प्रहरीले ठगी र कीर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ । अहिले पीडितहरूको उजुरी लिने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved