कालिकोटमा डोजर दुर्घटना दुई जनाको मृत्यु, तीन जना बेपत्ता, तीन जना घाइते

कालिकोटमा डोजर दुर्घटना दुई जनाको मृत्यु, तीन जना बेपत्ता, तीन जना घाइते

सुर्खेत। कालिकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना वेपत्ता, तीन जना घाइते भएका छन् । डोजर कर्णाली करिडोर अन्तर्गतको कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला भीरमा दुर्घटना भएको हो ।

फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणधिन सुरुङभित्रको पानीको अवस्था चेकजाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

डोजरमा आठ जना सवार रहेको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको, तीन जना कर्णाली वेपत्ता भएको र तीन जना घाइते भएको कालीकोका प्रहरी प्रमुख डीएसपी जयेश्वर रिमालले बताए ।

डोजर कर्णाली करिडोर नजिकै ८० मिटर तल कर्णाली नदीमा खसेको छ । दुर्घटनामा परेर सान्नी त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की, १६ वर्षीया युवराज बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

डोजर चालक कैलाली घर बताउने कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका– १ का १९ वर्षीया उमेश गिरी र १४ वर्षीया रक्तिम कार्की वेपत्ता भएका छन् ।

त्यस्तै, रास्कोट नगरपालिका–७ का २२ वर्षीया मिलन शाही, खाँडाचक्र नगरपालिका– ११ बराँतु गाउँका १४ वर्षीया आशिष भारती र विकास भारती घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved