सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीको शर्त

नेपालभ्युज

सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीको शर्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुनको लागि शर्त अघि सारेको छ ।

शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

पार्टीका नेता चौंधरीलगायतलाई जेलबाट रिहाई गरे आफूहरु सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने  पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३ सिट हात पारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved