दाइजोका बिषयमा दिइएको यातना सहन नसकेपछि दीपाले गरिन् आत्महत्या

दाइजो नपाएको भन्दै बारम्बार मानिसक तनाव दिइएपछि बिहेको ७ महिनामै दीपा पराजुलीले आत्महत्या गरेकी छिन्। विवाहपछि दाइजोको विषयमा निरन्तर मानसिक यातना दिइँदै आएकोले आत्महत्या गर्न बाध्य भएको माइती पक्षको आरोप छ।

नेपालभ्युज

दाइजोका बिषयमा दिइएको यातना सहन नसकेपछि दीपाले गरिन् आत्महत्या

काठमाडौं। इन्गेजमेन्ट तोडिएपछि जलेर आत्महत्या गरेको खबरले सारा मानिसलाई स्तब्ध बनाइरहँदा काठमाडौँमै अर्को घटना घटेको छ। दाइजो नपाएको भन्दै बारम्बार मानसिक तनाव दिइएपछि बिहेको ७ महिनामै एक युवतीले आत्महत्या गरेकी छिन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानीकी २५ वर्षकी उमेरकी दीपा पराजुली थापाले मंगलबार आत्महत्या गरेकी हुन्। उनी घरनजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी वृत्त थानकोट प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए।

उनले सात महिना अघि सोही स्थानका आयुष भनिने सुन्दर थापासँग विवाह गरेकी थिइन्। विवाहपछि दाइजोको विषयमा निरन्तर मानसिक यातना दिइँदै आएकोले आत्महत्या गर्न बाध्य भएको माइती पक्षको आरोप छ।

‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…

मृतकका बुबा रतन पराजुलीले भने ‘‘मेरो छोरीको आत्महत्या भएको भन्ने घटना शङ्कास्पद छ। हत्या गरेर रुखमा झुन्ड्याइएको पनि हुनसक्छ। किनकि बिहेपछि दाइजो माग्दै यातना दिइरहन्थे। यातना सहन सकिनन्।’’

मृतक दीपाका आफन्तले घटनाको सत्य तथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। आफन्तले बुधवार अपराह्न ५ बजे त्रिभुवन राजमार्ग अवरुद्ध पारेका थिए। चन्द्रागिरि नगरपालिकाको गुर्जुधारमा उनीहरूले दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका थिए ।

पुष्पा जिउँदै जलेको घटना- अनुसन्धानविनै कसले छुटायो तीन जना आरोपी ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved