पुष्पा जिउँदै जलेको घटना- अनुसन्धानविनै कसले छुटायो तीन जना आरोपीत ?

पन्ध्र बीस मिनेटसम्म जिउँदै जलिराख्दा किन कोही बचाउन आएन ?

आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि प्रहरीले सुदनलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद पाएको छ भने दिनेश, बिन्दु र मधु छुटिसकेका छन्। पुष्पाले यदि आफैँ आगो लगाएकी हुन् भने अरूले रमिता मात्र हेरेर किन बसे ? बचाउन कोही किन आएनन् ? यी प्रश्नको जवाफ नमागी उनीहरूलाई किन छाडियो ? पुष्पाको परिवारले प्रश्न गरेको छ।

नेपालभ्युज

पुष्पा जिउँदै जलेको घटना- अनुसन्धानविनै कसले छुटायो तीन जना आरोपीत ?

काठमाडौं। जीउमा पेट्रोल छर्केर जिउँदै जलेकी पुष्पा न्यौपानेको मृत्यु प्रकरणमा तीन जना आरोपीत अनुसन्धानबिनै छुटेका छन्। विवाहका लागि भएको इन्गेजमेन्ट तोडिएपछि आइतबार साँझ धुम्बाराही पीपलबोटस्थित केटाको घरनजिकै जलेकी बुद्धनगर बस्ने नुवाकोटकी २७ वर्षीय पुष्पाको मृत्यु भएपछि पक्राउ परेका चारमध्ये एक जना मात्र हिरासतमा छन्।

इन्गेजमेन्ट तोडिएको भोलिपल्ट केटाको घमा कपडा लिन गएकी पुष्पाले साँझ सवा ७ बजेआफैलाई पेट्रोल छर्केर आगो लगाइन्। केटा सुदन संगौलाको परिवार आगो निभाउन आएनन्।

बाहिरबाट घटना देखेका बटुवाले प्रहरीलाई खबर गरिदियो। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोली हतारहतार घटनास्थलमा पुग्यो। त्यहाँ पुग्दा युवतीको शरीरको ७० प्रतिशत भाग जलिसकेको थियो। जलेर गम्भीर अवस्थामा रहेकी ती युवतीलाई प्रहरीले तुरुन्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठायो।

त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइयो। कीर्तिपुर अस्पतालमै पुष्पाको भोलिपल्ट सोमवार बिहान निधन भयो । पुष्पाको शरीर करिब २० मिनेटसम्म जलेको कारण उनी बाच्न नसकेकी चिकित्सकहरूले बताए।

अघिल्लो दिन साँझ पुष्पा जलेको खबर पाएपछि घटनास्थलमा प्रहरी पुग्यो। घाइते पुष्पाको उद्धारपछि प्रहरीले पुष्पाको बारेमा खोजखबर गर्‍यो। केटा पक्ष सुदन संगौलाको परिवारले उनलाई नचिन्ने बतायो। प्रहरीले घटनास्थलबाट एउटा सानो ब्याग र पुष्पाले प्रयोग गर्ने मोबाइल पनि भेटेपछि केटा पक्षको परिवारको सदस्यहरू पक्राउ परे। प्रहरीले सुदन, उनका दाजु मधु, ५७ वर्षीय बुवा दिनेश सङ्ग्रौला, आमा बिन्दु सङ्ग्रौलालाई नियन्त्रणमा लिएको थियो ।

‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…

आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि प्रहरीले सुदनलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद पाएको छ भने दिनेश, बिन्दु र मधु छुटिसकेका छन्।

उनीहरू भोलिपल्टै छुटे। उनीहरू छुटेपनि सोमबारै पुष्पाका काकाले पुष्पासँग इन्गेजमेन्ट गरिएको केटा सुदन, उनका दाइ मधु, बुवा दिनेश र आमा बिन्दुविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी दिए।

जिउँदै जलेकी पुष्पा र इन्गेजमेन्ट गरेका केटा सुदन सङ्ग्रौला

घटनामा सुदन र उनको सिङ्गो परिवारको बदनियत पुष्टि हुने भन्दै आफूहरूको परिवारले किटानी जाहेरी दिएको पुष्पाका काका उत्तम बताउँछन्।

उनी भन्छन्, ‘‘यहाँ पुष्पाले आफैँ आगो लगायो कि अरूले लगाइदियो भन्ने मुख्य प्रश्न छ। यदि आफैँ आगो लगाएको हो भने पनि उनीहरूले रमिता मात्र हेरेर किन बसे ? किन बचाउन कोही आएनन्? मानवीय नाताले हेर्दा पनि सकेसम्म आगो लगाउनै नदिनुपर्ने ? यसैले घटना जुन निकै शंकास्पद् छ।’’

इन्गेजमेन्ट टुटेपछि केटीले गरिन् पेट्रोल छर्किएर आत्मदाह, केटा पक्राउ

घटनामा हरेक हिसाबले शङ्कास्पद देखिएका व्यक्तिहरूलाई छाडिएको भन्दै पुष्पाको परिवारको गुनासो छ। यस विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरोस् भन्ने चाहेका पुष्पाको परिवारले अरु आरोपित छुट्नुलाई रहस्यमय ढंगबाट हेरेका छन्।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले भने ‘‘हामी अनुसन्धान गर्न जाँदा पनि उनीहरूको परिवारलाई केटीको बारेमा सोध्दा, चिन्दैनौ थाहा छैन भने। यसबाट पनि उनीहरूले घटनाबारे धेरै कुरा लुकाएका छन्।’’

प्रहरीले मुख्य आरोपित सुदन सङ्ग्रौलालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। ‘‘सुदनलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा राखेका छौँ। अन्य ३ जना रिहा भइसकेका छन्,’’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी अङ्गुर जीसीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved