पोलियो खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो अनुमति

नेपालभ्युज

पोलियो खोपको क्लिनिकल ट्रायलका लागि सरकारले  दियो अनुमति

काठमाडौं । सरकारले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिने निर्णय गरेको छ । मङ्सिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

नेपालमा पोलियो उन्मूलन भए पनि छिमेकी देशमा उन्मूलन हुन नसक्दा जोखिम कायमै रहेको छ । नेपाललाई सन् २०१४ मा पोलियोमुक्त राष्ट्र घोषणा गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved