कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप लागेको छ। एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको भन्दै अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

काठमाडौं। कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप लागेको छ। एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको भन्दै अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले न्यायाधीशले पटकपटक करणी गरेर गर्भपतन गर्न लगाएको पनि पीडितले खुलाएको जनाएकी छन्।

थापाले न्यायाधीशको विषय भएकाले न्यायापरिषदलाई पनि पत्र पठाएर यस विषयमा अनुसन्धान गर्न आग्रह गरिएको बताइन्। आयोगका अनुसार, उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ। पीडित महिला ०७५ सालदेखि न्यायाधीशको साथमा रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved