अतिरिक्त स्वास्थ्य सचिव बन्न २१ जनाले विवरण बुझाए

नेपालभ्युज

अतिरिक्त स्वास्थ्य सचिव बन्न २१ जनाले विवरण बुझाए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव ( १२औँ तह)को दुईवटा दरबन्दीका लागि २१ जनाले विवरण बुझाएका छन् ।

डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीले अवकाश पाएपछि रिक्त रहेको दरबन्दी पदपूर्तिका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । प्रदेश अस्पताल भद्रपुरका डा. टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटा, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले बढुवाका लागि व्यक्तिगत विवरण पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा र गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा. विनोदविन्दु शर्माले पनि विवरण बुझाएका छन् ।

यस्तै, बागमती स्वास्थ्य मन्त्रालयका सचिव डा. बद्रिबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा. सरोज शर्मा, परोपकार प्रसूति अस्पतालका डा. अमिरबाबु श्रेष्ठले पनि व्यक्तिगत विवरण बुझाएका छन् ।

स्वास्थ्य मन्त्रालयमा रहेका नारायण ढकाल, डा. सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. मनिषा रावलले पनि व्यक्तिगत विवरण बुझाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्र मरासिनी, भेरी अस्पतालका डा. राजन पाण्डे, सोही अस्पतालकी दुर्गालक्ष्मी श्रेष्ठ, कर्णाली प्रदेश अस्पतालका डा केशरबहादुर ढकालले पनि बढुवाका लागि व्यक्तिगत विवरण बुझाएका छन् ।

बढुवा समितिले यही नामबाट अध्ययन् गरी योग्यता कार्यसम्पादन मूल्यांकन गरी कम्तीमा पाँच जनाको नाम सिफारिस गर्नेछ । सोही नामबाट मन्त्रिपरिषदले अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा गर्नेछ ।

स्वास्थ्यमा अहिले दुई जना सचिव बाहेक दुई चारजना अतिरिक्त स्वास्थ्य सचिवको दरबन्दी रहेको छ । जसमा अहिले दुईवटा दरबन्दी खाली रहेको छ । मन्त्रालयको बढुवा समितिले गत ३० कात्तिकमा सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेका ईच्छुकले १५ दिन भित्र अतिरिक्त व्यक्तिगत विवरण बुझाउन भनेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved