कांग्रेस उपसभापति खड्का र जनमतका अध्यक्ष राउतबीच भेटवार्ता

नेपालभ्युज

कांग्रेस उपसभापति खड्का र जनमतका अध्यक्ष राउतबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतबीच आइतबार भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवासमा अध्यक्ष रावतलाई स्वागत गर्दै उनी र उनको पार्टीको विजयका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

सो अवसरमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्तागठबन्धनमा सहकार्य गर्ने विषयका अलावा समसामयिक विषयका बारेमा छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved