हिंसा न्यूनीकरण गर्न चेतना बढाउनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ

नेपालभ्युज

हिंसा न्यूनीकरण गर्न चेतना बढाउनुपर्छ  : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले महिला हिंसा अन्त्यका लागि एकजुट हुन आग्रह गरेका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको कार्यक्रममा उनले हिंसा न्यूनीकरण गर्न चेतनास्तर वृद्धि गर्नुपर्नेमा जोड दिए ।

शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा परिवारबाटै महिलाहरू हिंसामा परेको उनको भनाइ छ । उनले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले ९४ अस्पतालमार्फत पीडितलाई सहायता दिँदै आएको जानकारी दिए ।

कार्यक्रममा नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले देशभरका ओसिएमसीबाट दश हजार चार सय ९१ जना महिला, पाँच सय २८ पुरुष र २७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिइन्। ओसिएमसीमा सेवा लिन पुग्नेहरूमध्ये घरेलु हिंसाबाट पीडितको संख्या धेरै रहेको उनले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved