पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा, उरुग्वे र घाना घर फर्के

नेपालभ्युज

पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा, उरुग्वे र घाना घर फर्के

काठमाडौं। पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् । उरुग्वे र घाना भने घर फर्केका छन्।

शुक्रबार राति दक्षिण कोरियासँग २–१ ले पोर्चुगल पराजित भयो । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको पोर्चुगललाई पराजयले असर गरेन।

पराजयपश्चात पनि ६ अङ्क सहित पोर्चुगल समूह एचको विजेता बन्यो। विजयी दक्षिण कोरिया भने उपविजेता बन्दै नकआउट चरणमा पुग्यो।

दक्षिण कोरियाका लागि किम योङ–ग्वन र हवाङ ही–चानले गोल गरे। पोर्चुगलको लागि रिकार्डो होर्टाले १ गोल गरे।

५ औँ मिनेटमा होर्टाको गोलले पोर्चुगलले अग्रता लियो । २७ औँ मिनेटमा किमले गोल फर्काएसँगै खेल १–१ को बराबरीमा पुग्यो। इन्ज्यूरी समयमा ह्वाङको गोलमा दक्षिण कोरियाले खेल जित्यो । जित सँगै ४ अङ्क जोडेको दक्षिण कोरिया अन्तिम १६ मा पुग्यो ।

अर्को खेलमा घानालाई २–० ले हराएपनि उरुग्वे भने बाहिरिएको छ । ४ अङ्क जोडेको उरुग्वेको दक्षिण कोरियासँग अंक र गोल अन्तर बराबर भयो । तर गोल कम गरेको आधारमा बाहिरिएको छ । ३ अङ्क जोडेको घाना पनि घर फर्किएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved