किम र र्‍यापर कान्येबीच सम्बन्धविच्छेद, मासिक दुई लाख डलर किमलाई दिनुपर्ने

नेपालभ्युज

किम र र्‍यापर कान्येबीच सम्बन्धविच्छेद, मासिक दुई लाख डलर किमलाई दिनुपर्ने

काठमाडौं। मोडेल तथा अमेरिकी स्टार किम कार्दसियन र र्‍यापर कान्ये वेस्टबीच सम्बन्धविच्छेद हुने पक्का भएको छ । सीएनएनका अनुसार डिभोर्सपछि कायनेले बच्चाको भरणपोषणका लागि मासिक दुई लाख अमेरिकी डलर किमलाई दिनुपर्ने सहमति पनि भएको छ ।

हलिउडको यो पूर्वजोडीले आफ्ना बालबालिकालाई संयुक्त अभिभावकत्वसमेत प्रदान गर्नेछन् । यो जोडीबाट दुई छोरा र दुई छोरी छन् ।सम्बन्धमा असमझदारी भएपछि सम्बन्धविच्छेद गर्ने घोषणा गरेका भए पनि किमलाई कानुनीरूपमा अविवाहित घोषणासमेत गरिएकयो ।

सन् २०१४ मा विवाह गरेको जोडीले सन् २०२१ को फेब्रुअरीमा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका थिए । सम्बन्धविच्छेदपछि कान्येले अनलाइन र अफलाइनमा अस्वभाविक व्यवहार प्रदर्शन गरेका थिए ।

उनले त्यतिबेला सार्वजनिक रुपमा किमसँग बस्न चाहेको र आफूले परिवार फिर्ता चाहेको समेत उल्लेख गरेका थिए । उनले किमका पूर्वप्रेमी पिट डेभिडसन पनि शाब्दिक हमला गरेका थिए । अगस्टमा किम र पिट अलग भएका थिए ।

कामको कुरा गर्दा पछिल्लोपटक किम हुलुको टीभी सिरिज ‘द कार्दसियन’मा देखिएकी थिइन् । कान्ये चाहिं पछिल्लो समय अभिव्यक्तिले विवादित बनिरहेका छन् भने सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने घोषणा गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved