महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी

नेपालभ्युज

महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी

दाङ। मेला महोत्सव रोक्न  माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्सवको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान तालाबन्दी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी कार्यालयभित्र थुनिएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले कोरोनाले व्यापार व्यवसाय थलिएको बेला मेला महोत्सव गर्न नमिल्ने बताए ।

उनले अहिले महोत्सव गर्ने उपयुक्त समय नभएको भन्दै महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेको बताए । मेला महोत्सव नरोकेसम्म आफूहरुको आन्दोलन जारी रहने उनको अडान छ ।

उद्योग वाणिज्य संघले महोत्सवको विरोधमा बुधबार पनि तुलसीपुर बजार ठप्प पारेको थियो । जिल्लाा प्रशासन कार्यालय दाङले मंसिर ९ गते नै मेला महोत्सव रोक्न भन्दै निर्देशन जारी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved