ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि धनगढीमा तनाव, बजार बन्द

ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि धनगढी बजारमा तनाव उत्पन्न भएको छ । विद्यार्थी र स्थानीय बासिन्दाले सडक अवरुद्ध पार्नुका साथै बजार बन्द गराएका छन् ।

नेपालभ्युज

ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि धनगढीमा तनाव, बजार बन्द

धनगढी। ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि धनगढी बजारमा तनाव उत्पन्न भएको छ । विद्यार्थी र स्थानीय बासिन्दाले सडक अवरुद्ध पार्नुका साथै बजार बन्द गराएका छन् ।

ग्रेडरले कुल्चिएर हसनपुरस्थित पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत तारानगरकी अन्दाजी १४ वर्षीया चेतना साउँदको बिहीबार विहान मृत्यु भएको थियो ।

उपमहानगरपालिका ५ हसनपुर पिपलचौतारा नजिक कालोपत्रे गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलयात्री साउदलाई कुल्चिँएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई  प्रहरीले नियन्त्रणमा लिएको छ । बालिका साउदको शव सडकमै राखेर विद्यार्थी र स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका छन् । उनीहरुले टायर पनि बालेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved