झलनाथ खनाल र ज्ञानेन्द्र कार्कीको क्षेत्रमा किन रोकियो मतगणना ?

नेपालभ्युज

झलनाथ खनाल र ज्ञानेन्द्र कार्कीको क्षेत्रमा किन रोकियो मतगणना ?

काठमाडौं। प्रतिनिधि सभाका १ सय ६५ मध्ये १ सय ५५ क्षेत्रको नतिजा आइसक्दा अब १० वटा क्षेत्रको मात्र बाँकी छ । यी १० क्षेत्रमध्ये बाजुरा, दोलखा र स्याङ्जाको क्षेत्र नम्बर–२ मा गणना नै सुरु हुनसकेको छैन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्रमा शनिबार रातिदेखि मतगणना रोकिएको छ । सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । कांग्रेस उम्मेदवार कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद भएको हो ।

मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको कार्कीको आरोप छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले अगाडि छन् । कार्कीले २१ हजार ४ सय ४५ र एमालेका कुसियैतले २१ हजार ४ सय ३३ मत प्राप्त गरेका छन् ।

इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा भइरहेको मतगणनामा विवाद देखिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एकलौटी रुपमा मतगणना गरिएको आरोपसहित पुनः मतदानको माग गरेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका महेश बस्नेतले २० हजार ३ सय ८५ र खनालले १८ हजार २ सय ५ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved