दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

दाङका सबै क्षेत्रमा सत्ता गठबन्धनको कब्जा

यो सँगै एकीकृत समाजवादीले कुल १० सिट जितेको छ । उसका कुनै पनि उम्मेदवारले अग्रता लिएका छैनन् । यद्यपी केही नेता प्रतिस्पर्धामा छन् ।

नेपालभ्युज

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

काठमाडौं । दाङ-१ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् ।

बिहीबार राति सकिएको गणनामा सहरी विकासमन्त्री समेत रहेका चौधरी फराकिलो अन्तरले विजयी भएका हुन् । उनले नेकपा एमालेका शान्ता चौधरीलाई ५ हजार ८४ मतान्तरले पराजित गरे ।

मेटमणिले २६ हजार ५ सय ६३ मत पाए । निकटतम प्रतिद्वन्द्वी शान्ताले २१ हजार ४ सय ७९ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७ सय ९४ मत ल्याए ।

मेटमणि २०७४ मा भएको चुनावमा पनि एमाले उम्मेदवारका रुपमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

दाङका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा कांग्रेस माओवादी र एकीकृत समाजवादीले जिते ।

यो सँगै एकीकृत समाजवादीले कुल १० सिट जितेको छ । उसका कुनै पनि उम्मेदवारले अग्रता लिएका छैनन् । यद्यपी केही नेता प्रतिस्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved