सोलुखुम्बुमा एमालेका मानवीर राई निर्वाचित, बलबहादुर केसी पराजित

केसी यसपाली साताैंपटक उम्मेदवार बनेका थिए । ४ पटक यहीँबाट निर्वाचित भएर ३ पटक त मन्त्री नै बनिसकेका केसीलाई पहिलोपटक संघीय निर्वाचनमा उम्मेदवार बनेका राईले पराजित गरेका हुन् ।

नेपालभ्युज

सोलुखुम्बुमा एमालेका मानवीर राई निर्वाचित, बलबहादुर केसी पराजित

सोलुखुम्बु । एउटै मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा (एमाले) का उम्मेदवार मानवीर राईले जित निकालेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पछि पार्दै राई निर्वाचित भएका हुन् ।

राईले १९ हजार ३२४ मत ल्याउँदा केसी १६ हजार ५४५ मतमै सीमित भए ।

केसी यसपाली साताैंपटक उम्मेदवार बनेका थिए । ४ पटक यहीँबाट निर्वाचित भएर ३ पटक त मन्त्री नै बनिसकेका केसीलाई पहिलोपटक संघीय निर्वाचनमा उम्मेदवार बनेका राईले पराजित गरेका हुन् ।

कांग्रेसको केन्द्रीय सदस्य केसी संस्थापनइतर पक्षमा छन् भने राई एमालेका केन्द्रीय सदस्य हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved