सिन्धुली २ को प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवार विजयी

नेपालभ्युज

सिन्धुली २ को प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । सिन्धुली क्षेत्र नं. २ को प्रदेश सभामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पौडेललाई तीन हजार दुई सय १२ मत अन्तरले पराजित गरेका छन् । श्रेष्ठले १३ हजार १ र पौडेलले नौ हजार सात सय ८९ मत पाएका छन् ।

यस्तै प्रदेश सभा १ मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन १६ हजार आठ सय ३५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोद कुमार खड्काले ११ हजार छ सय ३३ पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved