काठमाडौँ–७ मा पराजुलीको अग्रता कायमै, पछ्याउँदै घिमिरे

नेपालभ्युज

काठमाडौँ–७ मा पराजुलीको अग्रता कायमै, पछ्याउँदै घिमिरे

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले पाँच हजार छ सय ६९ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिईन् ।

कूल २३ हजार ८७ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । घिमिरेले चार हजार ३९२ र लोकतान्त्रिक–वाम गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले तीन हजार नौ सय ५४ मत प्राप्त गरिन् ।

काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved