जाजरकोटमा शक्तिबहादुर बस्नेतको फराकिलो मतान्तर

नेपालभ्युज

जाजरकोटमा शक्तिबहादुर बस्नेतको फराकिलो मतान्तर
फाइल फोटो

जाजरकोट। जाजरकोटमा प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना जारी छ। प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले चार हजार तीन सय ८८ मत गणना हुँदा दुई हजार दुई सय ८५ मत प्राप्त गरि अग्रता लिएका छन् । एमालेका निरज आचार्यले एक हजार सात सय ७६ मत प्राप्त गरि पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेश सभा क तर्फ नेपाली कांग्रेसका बेदराज सिंहले ६ हजार ६ सय ७५ मत गणना हुँदा चार हजार ५७ मत प्राप्त गरि अग्रता लिएका छन् । एमालेका डम्बर सिंहले दुई हजार दुई सय ६१ मत प्राप्त गरेका छन् । जाजरकोट प्रदेश ख मा ६ हजार ८ सय ७७ मत गणना हुँदा नेपाली काँग्रेसका राजिव विक्रम शाहले तीन हजार ६ सय ६६ मत प्राप्त गरि अग्रता लिएका छन् ।

एमालेमा खिमबहादुर शाहीले दुई हजार ६ सय ७५ मत प्राप्त गरेका छन् । जाजरकोटमा ६५ हजार ९ सय ६१ मत खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved