भोटखोलाको मतपेटिका हेलिकोप्टरमार्फत ल्याइने

नेपालभ्युज

भोटखोलाको मतपेटिका हेलिकोप्टरमार्फत ल्याइने

संखुवासभा। चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्र संखुवासभाको भोटखोला गाउँपालिकाको मतपेटिका हेलिकोप्टरमार्फत ल्याइने भएको छ । भोटखोला गाउँपालिकाको किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको हो ।

भौगोलिकरूपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योति आधारभूत विद्यालय रिदाक मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकोप्टरमार्फत ल्याउने सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले जानकारी दिए ।

सडक सञ्जाल नजोडिएको र भौगोलिक हिसाबले निकै विकट भएकाले हेलिकैप्टरबाट ल्याउन लागिएको अधिकृत सापकोटाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved