काठमाडौंका कुन-कुन ठाउँमा कति बेला हुँदैछ मतगणना ?

नेपालभ्युज

काठमाडौंका कुन-कुन ठाउँमा कति बेला हुँदैछ मतगणना ?

काठमाडौं। काठमाडौं जिल्लाको मतगणना फरक-फरक ठाउँमा हुने भएको छ । काठमाडौं जिल्लामा रहेका १० वटा निर्वाचन क्षेत्रको फरक-फरक ठाउँमा मत गणना हुने काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित सम्मेलन केन्द्रमा हुनेछ भने क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा गणना हुने उनले जानकारी दिए ।

यस्तै, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालयमा गणना हुनेछ भने क्षेत्र नम्बर ४ को बुढानीलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ ।

क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवनमा हुनेछ भने क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा गणना हुने बताइएको छ । क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हलमा गणना गर्ने तयारी गरिएको उनले बताए।

यता क्षेत्रनम्बर ८को भने स्वयम्भूस्थित गीतामाता विद्यालयमा मतगणना हुनेछ । क्षेत्र नम्बर ९ रविभवनस्थित न्यासन कलेजमा र क्षेत्र नम्बर १० को मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved