धनुषामा उत्साहजनक मतदान, ७५ प्रतिशत बढी मत खस्ने अनुमान

धनुषामा उत्साहजनक मतदान, ७५ प्रतिशत बढी मत खस्ने अनुमान

जनकपुरधाम। धनुषाका सबै मतदानस्थल र मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारणहरूको उत्साहजनक उपस्थिति रहेको छ ।

जिल्लाका चारवटै क्षेत्रमा निर्धारण गरिएको ६ सय ५ मतदान केन्द्र र ३ सय २२ मतदानस्थलमा आइतबार बिहानैदेखि उत्साहजनक उपस्थिति रहेको छ।

धनुषा निर्वाचन कार्यालयले जनाए अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमध्ये ५०० दशमलव ४९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर–१ मा १५१ मतदान केन्द्र मार्फत ६१ हजार ६३३ पुरुष र ५६ हजार ९९४ महिला गरि कूल १ लाख १८ हजार ६२८ जना मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।

त्यस्तै, २४७ दशमलव ६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर–२ को १६५ मतदान केन्द्रमार्फत ६६ हजार ८१० पुरुष र ५७ हजार ९४४ महिला गरी १ लाख २४ हजार ७५५ मतदाताले मतदान गर्ने भएका छन् ।

 

१३५ दशमलव ५३ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा १४५ मतदान केन्द्रमार्फत ६२ हजार ८७ पुरुष र ५१ हजार ९१९महिला सहित कुल १ लाख १४ हजार ९ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत ब्रजेल प्याकुरेलले जानकारी दिए ।

त्यस्तै, ३०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा १४४ मतदान केन्द्रमार्फत ६२ हजार ३८५ पुरुष र ५४ हजार ८०८ महिला गरि कुल १ लाख १७ हजार १९५ जना मतदाताले मतदान गर्ने भएका छन् ।

धनुषाका ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ र वटा १७ सामान्य मतदान स्थल रहेका छन् ।

प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।

धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाइएका छन् । ८ मध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहेका छन् ।

निर्वाचन सुरक्षाका लागि धनुषामा ६ हजार सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले जिल्लाभरिमा करिव १ सय भन्दा बढिको संख्यामा मोबाइल गस्ती टोलीसमेत परिचालन गरिएको बताउनुभयो ।

आइतबार भइरहेको मतदानमा यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्दै छन् । यसमध्ये ७५ प्रतिशत मत खस्न सक्ने निर्वाचन आयोगको अनुमान छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved