राप्रपाको कार्यालय तोडफोड गरेर एमालेको झण्डा लगाइयो

नेपालभ्युज

राप्रपाको कार्यालय तोडफोड गरेर एमालेको झण्डा लगाइयो

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ५ स्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरिएको छ।

कार्यालयबाट राप्रपाका ब्यानर, झण्डा च्यातेर एमालेको झण्डा र ब्यानर लगाइएको छ। त्यस्तै कार्यालयका सामानहरू पनि चोरी भएको बताइएको छ।

चोरी तथा तोडफोड पश्चात राप्रपाका नेता तथा कार्यकर्ताले एमाले कार्यकर्ताहरूको नाम किटान गरेर प्रहरीमा उजुरी दिएको बताइएको छ। जबरजस्ती लगाएको एमालेको झण्डा र ब्यानर पनि राप्रपाका कार्यकर्ताले च्यातेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट प्राध्यापक डा. रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेस नेता प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved