पोखरामा ऋगेन्द्रको मत माग्ने सिर्जनात्मक शैली

नेपालभ्युज

पोखरामा ऋगेन्द्रको मत माग्ने सिर्जनात्मक शैली

मत माग्ने अन्तिम दिन आज उम्मेदवारहरू निकै दौडधुपमा छन्। कतिपय उम्मेदवारहरूले विपक्षीलाई गोली गर्नमै समय खर्चिएका छन्। केही उम्मेदवार भने सिर्जनात्मक ढङ्गले आफूलाई प्रस्तुत गरिरहेका छन्।

कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका ऋगेन्द्र नेपाली गिरीले अन्तिम दिन साइकल र्‍याली निकालेका छन्। उनले पोखराको चमेरे गुफादेखि, महेन्द्र गुफा हुँदै गुप्तेश्वर गुफासम्म र्‍याली निकाले। नेपाल तब बन्छ जब नेपालमै बन्छ नारासहित स्वतन्त्र उम्मेदवारी दिएका गिरीले इन्धनको मूल्य चर्को भइरहेको अहिलेको अवस्थामा साइकलको महत्त्व अझै बढेकाले यसको प्रवर्धन गर्नुपर्ने आवश्यकता रहेको बताए।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्दै प्रदूषण कम गर्न, पर्यटन प्रवर्द्धन गर्न, अनावश्यक खर्च कटौती गर्न तथा स्वस्थ रहन साइकलको भूमिका महत्त्वपूर्ण रहने उनले बताए । गाँजालाई वैधानिक बनाएर ओषधिलगायत यसबाट उत्पादन हुने वस्तुलाई विदेश निर्यात गर्ने र नेपालको अर्थतन्त्रलाई लोकप्रिय बलियो बनाउने उनको योजना छ क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका गिरी सामाजिक अभियन्ताका रूपमा चर्चित छन् ।

यसअघि साइकल सवारीको प्रवर्धन गर्नका लागि उनले विश्व साइकल यात्री पुष्कर शाहलाई पोखरमै ल्याएर र्‍याली आयोजना गरेका थिए । विश्व साइकल यात्री शाह, कृषि विज्ञ मदन राई, चलचित्र निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्कीलगायत सेलिब्रेटीहरूले उनको पक्षमा मत मागिरहेका छन् । युवा पुस्तामाझ गिरी आफ्ना एजेन्डाहरूका कारण सामाजिक सञ्जालमा पनि निकै चर्चित बनका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved