रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउँछौँः विष्णु पौडेल

नेपालभ्युज

रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउँछौँः विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही- २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देही देशकै मोडल जिल्ला बनाउने बताएका छन् ।

उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधिन रहेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गरेका हुन् । उनले रुपन्देहीमा निजी क्षेत्रहरुको लगानीको आकर्षण बढी रहेको बताए ।

उनले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहीत बनाउन विकासका कामलाई तिब्रता दिने बताए । उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए । उनले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तिब्र बनाइरहेको बताए ।

उनले भने, ‘विकासका सन्दर्भमा दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरेका छौँ । केही सम्पन्न भएका छन्, केही निर्माणाधिन अवस्थामा छन् । केही शुरु हुने अवस्थामा छन् । त्यसले रुपन्देही जिल्लामा निजी क्षेत्रलाई पनि उल्लेखनीय मात्रामा आकर्षण बढेको छ । लगानीका दृष्टिकोणले पनि महत्वपूर्ण स्थान बन्दैछ । ‘

‘हामीले जनतामा आशा पनि जगाएका छौँ, त्यसले जनतामा अपेक्षा पनि बढाएको छ । हामी औषत गतिमा काम गर्ने नभइ तिब्र गतिमा काम गर्न जरुरी छ । घोषणापत्रमा राखेका हाम्रा प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने खालका छन् तर त्यसका निमित्त हामीले तदनुकुलकै प्रभावकारी प्रयासहरु गर्नुपर्छ’, उनले भने ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved