बिहीबार सेयर बजारमा दोहोरो अंकले वृद्धि, कारोबार पनि बढ्यो

नेपालभ्युज

बिहीबार सेयर बजारमा दोहोरो अंकले वृद्धि, कारोबार पनि बढ्यो

काठमाडौं। बिहीबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

बिहीबार नेप्से २५.५७ अंक (१.३४ प्रतिशत)ले वृद्धि भएर १९३६.८३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ ।

बिहीबार कारोबार रकम पनि बढेर १ अर्ब ७० करोड भन्दा माथि पुगेको छ । बुधबार ८६ करोडको कारोबार भएको बजारमा बिहीबार ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजारको कारोबार भएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रथम त्रैमासको आर्थिक सूचकहरु सकारात्मक देखिंदा लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बनेको छ । जसले गर्दा बजार परिसूचकसँगै कारोबार रकम पनि उकालो लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved