टालटुले गठबन्धन देशका लागि घातक छ, एमालेलाई जिताउनुस् : ओली

नेपालभ्युज

टालटुले गठबन्धन देशका लागि घातक छ, एमालेलाई जिताउनुस् :  ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन मुलुकका लागि घातक भएको बताएका छन् । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै बुधवार अध्यक्ष ओलीले यसतो बताएका हुन् ।

गठबन्धन दललाई पत्रु गठबन्धनको संज्ञा दिदैं उनले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गर । उनले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको बताए।

‘टुटेफुटेका हांडी जस्तै पत्रुहरु भेला पारेर बनेको गठबन्धनले देश बिकास गर्न सक्दैन । यिनिहरुको गठबन्धन देश हो र । सरकार कब्जा गरेर लुटेर खानका लागि हो । त्यस्तो गठबन्धनले अनि देश बनाउँछ । त्यसकारण आजको आवश्यक्ता एमाले सरकार हो । उनले भने,  के का १५,२० वर्षको सहकार्य । देश लुट्न र भ्रष्टाचार गर्नलाई २० वर्ष चाहियो । मंसिर ४ मा जनताले देखाई दिनेछन् । बिना ढेउवाके भन्नेहरुलाई ।’
ओलीले (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले घरमा आगो लगाएर नेपाली काँग्रेसको पालीमा वास बस्न पुगेको बताए । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेले जगदीश कुसियैतलाई उम्मेद्वार बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved