लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

नेपालभ्युज

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज
फाइल फोटो

काठमाडौं ।  निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उनको उम्मेदवारी खारेज भएको हो ।

उनले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उनको उम्मेदवारी बदर गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved