बसको ठक्करबाट मैनाली दम्पतीको मृत्यु

बसको ठक्करबाट मैनाली दम्पतीको मृत्यु

सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा–६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे७प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved