ओली भन्छन्- यो चुनाव सामान्य होइन

ओली भन्छन्- यो चुनाव सामान्य होइन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सामान्य चुनावको रुपमा लिन नहुने बताएका छन् ।

एमाले भक्तपुर क्षेत्र नं २ ‘१’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले मंगलबार भक्तपुरमा आयोजना  गरेको चुनावी सभामा उनले मंसिर ४ को चुनावलाई बहुदलीय व्यवस्थामा जस्तो आइरहने चुनाव नभई देशले जित्ने कि हार्ने भन्ने चुनावको रुपमा लिनुपर्ने बताएका हुन् ।

ओलीले भने, ‘अब निर्वाचनले पाँच वर्षसम्म स्थायित्व हुने सरकार निर्माण गर्ने चुनाव हो, यो चुनावले दह्रो राष्ट्रिय शक्ति निर्माण गर्ने चुनाव हो ।’ उनले आफ्ना कार्यकर्तालाई मत रक्षा गर्न, मत विस्तार गर्न र अत्यधिक मतले आफ्ना उम्मेदवारलाई विजयी सुनिश्चित गर्न निर्देशन दिए ।

कार्यक्रममा भक्तपुर क्षेन नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले विगत पाँच वर्षमा भएका विकास देशकै नमूना भएको भन्दै बाँकी विकासका काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved